आज : २०८१ आश्विन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सरकारी प्रतिबन्धप्रति टिकटकले भन्योः ‘अश्लील सामग्री हटाउँछु भन्दाभन्दै किन बन्द ?’

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० मंसिर, १ गते


Advertisement

काठमाडौं, मङ्सिर ३०- नेपालमा टिकटकमा प्रतिबन्ध लगाइएकामा यसको व्यवस्थापनले चर्को असन्तुष्टि जनाएको छ । टिकटकको पब्लिक पोलिसी र गभर्मेन्ट रिलेसन हेर्ने दक्षिण एसिया प्रमुख फर्डोउस मोट्टाकिनले सरकारी निर्णयकै दिन असन्तुष्टिस्वरुप सरकारलाई पत्र पठाएका छन् ।

सरकारले सामाजिक सद्‍भाव कायम राख्‍न भन्दै कात्तिक २७ गते टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । मोट्टाकिनले त्यही दिन नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई इमेलमार्फत पत्र लेखेर असन्तुष्टि पोखेका हुन् । ‘नेपालको नियम कानूनअनुसार अघि बढ्न तयार रहेको बताउँदा बताउँदै मन्त्रिपरिषद्ले किन प्रतिबन्ध लगायो ?,’ पत्रमा प्र‍श्‍न गरिएको छ । उनले आफूहरुले नेपाल सरकारसँग निकट भएर काम गर्ने प्रतिबद्धता जनाएको अवस्थामा प्रतिबन्ध लगाइनु आश्‍चर्यजनक भएको पत्रमा उल्लेख गरेका छन् ।

पत्रमा टिकटकले आफूले नेपालमा गरेका क्रियाकलापबारे सात बुँदामा जानकारी गराएको छ । प्रयोगकर्ताको सुरक्षा र सम्बद्ध देशको कानूनको सम्मान गर्ने बताउँदा बताउँदै सरकारले प्रतिबन्ध लगाएको गुनासो टिकटकले गरेको छ । धेरै नेपालीले टिकटकबाट राम्रो अवसर पाइरहेको र प्रतिबन्धले उनीहरुको आम्दानीको स्रोतमै धक्का लाग्ने अवस्था आएको भन्दै टिकटकले सरकारको निर्णयलाई गलत भनेको छ ।


प्रतिकृया दिनुहोस्