Hamro Sanchar

मंसिर ७ गते युवासंघ र दुर्गा प्रसाईंको छुट्टाछुट्टै प्रदर्शन, मुठभेडको सम्भावना

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० कात्तिक, २४ गते


Advertisement

काठमाडौं, कात्तिक २४- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको भातृ संस्था राष्ट्रिय युवा संघ र मेडिकल ब्याबसायी दुर्गा प्रसाइले ७ गते एकैदिन काठमाडौंमा जनप्रदर्शन गर्ने भएका छन् ।

भ्रष्टाचार, महंगी, अनियमितता तथा राज्यको अराजकता विरुद्ध युवा संघले जनप्रदर्शन गर्ने भएको हो । भने प्रसाईंले पनि सोही दिन काठमाडौंमा प्रदर्शन गर्ने तयारी गरेका छन् । पछिल्लो समय प्रसाईंका गतिविधि विरुद्ध युवासंघ विरोधमा उत्रिएको छ ।

युवा संघले माफियागिरी, समाजिक सद्भाव भड्काउने एवं धार्मिक सहिष्णुता भत्काउने आपराधिक गतिविधिविरुद्ध प्रदर्शन गर्न लागिएको जनाएको छ ।

प्रसाईंले एमाले अध्यक्ष केपी ओलीको कम्बोडियामा लगानी रहेको सार्वजनिक अभिव्यक्ति दिएपछि एमाले प्रसाईं विरुद्ध खनिएको छ । युवासंघले काठमाडौंमा प्रदर्शन गर्ने दिन प्रसाइले पनि प्रदर्शनकाे तयारी गरेपछि मुठभेडको सम्भावना बढेको छ ।


प्रतिकृया दिनुहोस्