काठमाडौं, कात्तिक २३- जाजरकोटमा भूकम्पको अर्को परकम्प मापन गरिएको छ । बिहीबार बिहान ३ बजेर ६ मिनेट जाँदा ४.२ म्याग्निच्युडको परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
गत शुक्रबार राति जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि निरन्तर परकम्प गइरहेको छ ।