आज : २०८१ आश्विन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

जाजरकोट रामीडाँडा केन्द्रबिन्दु भएर फेरि गयो २ पटक भूकम्प

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० कात्तिक, १९ गते


Advertisement

काठमाडौं, कात्तिक १९- जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ ।

जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर आज बिहान २ पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार आज बिहान १:२२ बजे ४ म्याग्नेच्युड र बिहान ४:५३ बजे ३.८ म्याग्नेच्युडको भूकम्प गएको हो ।

शुक्रबार राति ११:४७ बजे रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ म्याग्नेच्युडको भूकम्प गएयता सोही स्थानलाई केन्द्रबिन्दु बनाई आधा दर्जन बढी पराकम्पनहरू गइरहेका छन् ।

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोही राति १२:०८ बजे ४.५ म्याग्नेच्युडको, १२:२९ बजे ४.२ म्याग्नेच्युडको, १२:३५ बजे ४.३ म्याग्नेच्युडको, शनिबार बिहान ४:१६ बजे ४.६ म्याग्नेच्युडको, शनिबार दिउँसो ३:४० बजे ४.२ म्याग्नेच्युडको, आइतबार बिहान १:२२ बजे ४ म्याग्नेच्युडको र आजै बिहान ४:५३ बजे ३.८ म्याग्नेच्युडको भूकम्प गएको हो ।


प्रतिकृया दिनुहोस्