काठमाडौं, कात्तिक १८- नेकपा एकीकृत समाजवादीले आकस्मिक सचिवालय बैठक बाेलाएको छ । विनाशकारी भूकम्पले ठूलो मानवीय क्षति गरेपछि अध्यक्ष माधवकुमार नेपालले उद्धार तथा राहतमा पार्टीको योजना बनाउन बैठक बोलाएका हुन् ।
बैठक पार्टी कार्यालय आलोकनगरमा बस्ने बताइएको छ ।
यस्तै अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपालले जाजरकोट केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पले ठूलो जनधनको क्षति गरेकाे भन्दै तत्काल उद्धार तथा राहतमा लाग्न नेपाल सरकार र पार्टी पङ्क्तिलाई आग्रह गरेका छन् ।
घाइतेलाई तत्काल उपचारको व्यवस्था गर्न अध्यक्ष नेपालले सरकार र संघसंस्थालाई आव्हान गरेका छन् ।
शुक्रबार राति गएको विनाशकारी भूकम्पमा परी शनिवार बिहानसम्म १ सय ३२ जनाले ज्यान गुमाइसकेका छन् भने सयौँको संख्यामा घाइते भएका छन् ।