Skip
आज : २०८२ कार्तिक २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

संसद बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असोज, २६ गते


काठमाडौं, असोज २६- प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक बस्ने भएको हो । बैठक दिउँसो २ बजे बोलाइएको छ ।

संङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा सांसदहरूले उठाएका मौखिक तथा लिखित प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले दिनेछन् ।

शुक्रबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुईवटा आयोगका तीनवटा राष्ट्रिय प्रतिवेदन प्रस्तुत गर्नेछन् । जसअनुसार राष्ट्रिय दलित आयोगको दोस्रो र तेस्रो वार्षिक प्रतिवेदन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तेत्तिसौँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘विद्युत विधेयक, २०८० दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्नेछन् भने सभामुख देवराज घिमिरेले चालु संसदको अधिवेशनमा १० पटकभन्दा बढी अनुपस्थित प्रतिनिधि सभाका सदस्यहरुको नामावली सुनाउने कार्यसूचीमा उल्लेख गरिएको छ ।

 


प्रतिकृया दिनुहोस्