काठमाडौं, बैशाख १६- काठमाडौंको बौद्ध महांकालमा रहेको जनकल्याण माध्यामिक विद्यालयले ७०औ वार्षिकोत्सव सम्पन्न गरेको छ । वि.स २०१० सालमा स्थापना भएको जनकल्याण मा. वि ले आफ्नो स्थापनाको ७०औ वार्षिकोत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको हो ।
काठमाडौं महानगर नगरपालिका वडा नम्बर- ६, बौद्ध महांकालमा रहेको जनकल्याण माधयामिक विद्यालयको प्रांगणमा आयोजित भव्य समारोहको अध्यक्षता बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष दिलेन्द्र प्रसाद ढकालले गरेका थिए ।
कार्यक्रमको आकर्षण तथा प्रमुख अतिथि, नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईको उपस्थितिले भव्य समारोहको शोभा बढाएको थियो । कार्यक्रममा नेपाली कांग्रेस, काठमाडौं निर्वाचानक्षेत्र नम्बर- ३ का सांसद सन्तोष चालिशे, प्रदेश सांसद छिरिङ दोर्जे लामा, राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष महाश्रम शर्मा, शिक्षा विभाग प्रमुख सिताराम कोइराला लगाएतका लव्ध प्रतिष्ठित व्याक्तित्वहरुको उपस्थिति रहेको थियो ।
जनकल्याण मा.वि को ७०औ वार्षिकोत्सवको उद्घाटन नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले पानसमा बत्ति बालेर गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि राईले कार्यक्रमलाई संबोधन गर्दै, जनकल्याण मा.वि. ले हासिल गरेको सफलता र उपलब्धिको व्यक्तिगत र सरकारको तर्फबाट मुक्तकण्ठले प्रसंसा गरे । उनले भने,- “जनकल्याण मा.वि.मा बिद्यार्थीको आकर्षण देखेर म प्रफुल्ल भएको छु । यस बिद्यालयमा २५ सय बिद्यार्थी अध्ययनरत रहेको र यहा नयाँ शैक्षिक सत्रको भर्ना खुलेको ३ दिनमा भर्ना बन्द गर्नु परेको सुनाउनु भयो, यो सुन्दा मलाई निकै गौरव लागेको छ । सबै सामुदायिक बिद्यालय यस्तै आकर्षणको केन्द्र बन्नु पर्छ । त्यसको लागि शिक्षक र अभिभावक बीच समोन्वय हुनु पर्छ । यसो भयो भने देश भरिका सामुदायिक बिद्यालयlले काचुली फेर्ने छन् । सरकारले पनि सोहि अनुसार सार्वजनिक शिक्षा क्षेत्रलाई अगाडि बढाऊछ।”
मन्त्री राईले आफ्नो कार्यकालमा राम्रो काम गरेर मातृभूमिको ऋण तिर्ने ईच्छा रहेको पनि बताएका छन् । राईले आफ्नो कार्यकालमा भाषण धेरै नगर्ने, काम गरेर देखाउने पनि बताएका छन् । उनले भने,- “हजारौ शब्दमा गरिने भाषण भन्दा एउटा काम ओजनदार हुन्छ, त्यसैले म आफ्नो कार्यकालमा अधिकतम ओजनदार काम गर्ने प्रयत्न गर्ने छु ।”
उनले, सार्वजनिक शिक्षा क्षेत्रलाई अहिलेको अवस्था भन्दा माथी उठाएर लैजाने सरकारको संकल्प रहेकोले, अबको केहि महिनामा सार्वजनिक शिक्षा क्षेत्रको अवस्था अहिलेको जस्तो नहुने उनको भनाई थियो । सरकारले चाडै नै नयां शिक्षा ऐन ल्याउन लागेको र ऐनमा धेरै त्रुटी नहोस भनेर मन्त्रालयको टिमले काम गरिरहेको उनले बताए ।
“सरकारले शिक्षा क्षेत्रलाई महत्वका साथ हेर्छ, अहिले अर्थतन्त्रमा थोरै समस्या आएकोले हामीले चाहेअनुसार काम गर्न सकिरहेका छैनौं, यो लामो समय रहदैन, हामी शिक्षा क्षेत्रका तमाम समस्या समाधान गर्दै अघि बढ्छौ चिन्ता नलिनु होला” उनले भने ।
“शिक्षा” सस्कारयुक्त हुनु पर्नेमा जोड दिदै मन्त्रि रीईले जनकल्याण माध्यामिक विद्यालयले यसको अभ्यास गरिरहेको थाहा पाउदा आफु निकै खुसि भएको बताउदै यो बिध्यालयलाई यो ठाउँसम्म ल्याउन अहोरात्र खटिने सम्पूर्ण बिद्यालय परिवारलाई धन्यबाद व्यक्त गरे । सरकारको नीति भित्र रहेर जनकल्याण माध्यामिक विद्यालयको उन्नयनको लागि के गर्न सकिन्छ त्यो आफुले गर्ने समेत उनले बताए ।
कार्यक्रमका विशिष्ट अतिथि, राष्ट्रिय परिक्षा वोर्डका अध्यक्ष डा. महाश्रम शर्माले विद्यालयले बिद्यार्थीहरुलाई सस्कारयुक्त्त बिध्या प्रधान गरेकोमा बिद्यालय परिवारलाई बधाई दिए । उनले बिद्यालयका प्रधानाध्यापक कुमारी कमला राई, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलेन्द्र प्रसाद ढकाल लगाएत सम्पूर्ण बिद्यालय परिवारको मिहेनेतको प्रसंसा गरे । उनले भने,- “यो बिद्यालय पहिले र अहिलेको तुलना गर्दा आकाश पातालको फरक देखेको छु । सानो मिहेनेतले यो सम्भव भएको पक्कै छैन । यहाहरुले ठुलो मिहेनेत गर्नु भएको छ, यो जति प्रसंसा गरेपनि कम हुन्छ ।”
शर्माले बिध्यालयको नेतृत्व गरिरहेका कुमारी कमला राईले बिद्यालय सुधारका लागि खेलेको भूमिकाको प्रसंसा गर्दै, अनिवार्य अवकास पछि उहालाई राष्ट्रिय परिक्षा वोर्ड र सरकारले सार्वजनिक शिक्षाको सुधारका लागि ट्रेनरको रुपमा अघि सार्ने समेत प्रतिबद्दता व्यक्त गरे ।
उनले भने,- स्थानीय सरकारले बिद्यालयमा बिद्यार्थीलाई सिप सिकाउने अभियान सुरु गरेको बताउदै, यसले विद्यार्थीको सिकाईमा सकारात्मक प्रभाव पार्ने र अब बिद्यार्थीले पढ्दै सिक्दै गर्ने अवसर प्राप्त गर्ने छन् । यसले पढेर बिद्यार्थी बेरोजगार हुनु पर्ने अवस्थाको अन्त्य हुने उनको दावी थियो ।
अध्यक्ष शर्माले नेपालको शिक्षा क्षेत्रमा परिक्षा प्रणाली चित्त बुझ्दो नभएको र यसमा सुधार गर्नु पर्ने औल्याएका छन् । उनले सार्वजनिक शिक्षा क्षेत्रमा केहि समस्या देखिनुमा शिक्षकको दरवन्दी मिलानमा समस्या रहेको बताउदै यसलाई मिलाएर अघि बढ्नु पर्नेमा जोड दिए ।
कार्यक्रमका अध्यक्ष तथा बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष दिलेन्द्र प्रसाद ढकालले सामुदायिक बिद्यालय निर्माण तथा स्तरउन्नति गर्दा पर्याप्त जग्गाको व्यबस्था गर्न शिक्षा मन्त्रि समक्ष माग राखे । उनले हुने खाने र हुदा खाने वर्गको विभाजन असमान शिक्षा नीतिको अन्त्य गर्दै आमुल परिवर्तन झल्कने शिक्षा ऐन ल्याउनु पर्नेमा जोड दिए ।
अध्यक्ष ढकालले देशभरका सामुदायिक बिध्यालयहरु राज्य नियन्त्रित हुने हुदा सामुदायिकविद्यालयले राष्ट्रिय निशान छाप लोगो प्रयोग गर्न पाउनु पर्ने व्यबस्था मलाउना समेत माग गरे । उनले सामुदायिक बिद्यालयमा दरबन्दी अभाव भएकै कारण धेरै समस्या भोग्नु परेकोले दरबन्दी मिलानमा सरकारले ढिला गर्न नहुने बताउदै शिक्षकलाई पनि राष्ट्र सेवक कर्मचारी सरहको पारिश्रमिक र सेवा सुबिधा दिनु पर्ने बताए ।
बिद्यालयका प्रधानाध्यापक कुमारी कमला राईले विद्यालयको अवस्था बारे प्रकाश पर्दै, बिध्यालयलाई २०१० साल यता यहा सम्म ल्याईपुर्याउन सहयोग गर्ने सम्पूर्ण अग्रजहरुलाई आभार व्यक्त गरिन । उनले भनिन,- “यो विद्यालयको अहिलेको अवस्था कसैको एकल प्रयासले मात्र आएको होइन, यसको सफलतामा हजारौ अग्रजहरुको भूमिका छ, म उहाहरु प्रति आभार व्यक्त गर्न चाहान्छु । अहिलेको हाम्रो टीमले यो विद्यालयको उन्नायनको निम्ति दिन रात नभनि खटिएका छौ, म मेरा सम्पूर्ण बिद्यालय परिवारका साथिहरुलाई धन्यवाद दिन चाहान्छु । हाम्रो सामुहिक प्रयासले आज यो विद्यालयले ईतिहास रचेको छ । यो हाम्रो लागि गौरवको कुरा हो ।”
उनले शिक्षा क्षेत्रमा ११ प्रतिशत बजेट छुट्टिने गरेको र यो पर्याप्त नभएको भन्दै सरकारसंग बजेट बढाउन माग गरिन ।
जनकल्याण मा. वि मा नया शैक्षिक सत्रमा भर्ना सुरु भएको ३ दिनमा भर्ना बन्द गर्नु परेको र कयौ बिद्यार्थीलाई फर्काउन बाध्य भएको भन्दै उनले जनकल्याणलाई अझ फराकिलो क्षेत्रफलमा बिस्तार गरेर अगाडी बढाउने सन्दर्भमा स्थानीय सरकारसंग छलफल भईरहेको जानकारी दीइन । कुनै पनि सामिदायिक विद्यालयलाई राम्रो पार्न शिक्षक खुसि पार्नु पर्ने अनुभव सुनाउदै उनले अभिभावक शिक्षा कमजोर रहेकोले यसमा बिशेस ध्यान दिएर अगाडी बढेमा सबै सामुदायिक विद्यालयले राम्रो गर्न सक्ने उनको भनाइ थियो ।
उनले थपिन, “अहिले हाम्रो बिद्यालयमा २५ सय बिद्यार्थी अध्ययनरत छन्, हाम्रो बिद्यालय काठमाडौं महानगर भित्रको उत्कृष्ट विद्यालयको रुपमा उभिएको छ । अब हाम्रो लक्ष ७७ वटै जिल्लाको नम्बर १ बिद्यालय बनाउने योजना छ । यसको लागि सबै सरोकार वाला पक्षको साथ र सहयोगको अपेक्षा गर्दछु ।”
प्र.अ राईले जनकल्याण मा. वि मा अन्य बिद्यालयमा भन्दा फरक शिक्षण सिकाई बिधि बाटअध्यापन गराउनु, विद्यार्थीलाई सस्कार र सस्कृति युक्त बनाउनु, सामाजिक र व्याबहारिक बनाउनु, प्रारथाना शभालाई व्यवस्थित बनाउनु, हरेक विद्यार्थीको जन्मदिन बिध्यालयमै मनाईदिने व्यबस्था जस्ता फरक अभ्यासकै कारण जनकल्याणमा बिद्यार्थीको भिड लाग्ने गरेको बताईंन ।
उनले सामुदायिक बिद्यालयका अनेकौ समस्या रहदै आएको भन्दै यसको समाधानको लागि सरकार समक्ष आग्रह गरिन । शिक्षाको दरबन्दी मिलान, कक्षा कोठालाई प्रबिधि मैत्री बनाउने, महिला प्रा.अ हरुलाई बिशेस आरक्षणको व्यबस्था गर्नु पने र शिक्षामा छुट्याइएको बजेट सहि ठाउमा सदुपयोग गर्न सकेमा केहि हदसम्म सामुदायिक विद्यालयको समस्या समाधान हुने उनको तर्क थियो ।