Hamro Sanchar

पत्रकार बर्देवा सम्मानित !

प्रदिप नेपाली प्रकाशित : २०८० बैशाख, १६ गते


काठमाडौं, बैशाख १६- छाता मिडिया ग्रुप प्रा.लि का अध्यक्ष तथा हाम्रोसंचार डटकमका प्रमुख सुदिप बर्देवा सम्मानित भएका छन् । काठमाडौंको बौद्ध महांकालमा रहेको श्री जनकल्याण माध्यामिक विद्यालयले  पत्रकार सुदिप बर्देवालाई सम्मान गरेको हो।

जनकल्याण माध्यामिक विद्यालयको ७०औ वार्षिकोत्सवको अवसरमा “वर्षको उत्कृष्ट सार्वजनिक शिक्षा उन्नयन पत्रकारिता सम्मान” द्वारा बर्देवालाई विद्यालयले प्रमाणपत्र र दोसल्ला चढाइ सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि,  नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले शुक्रबार उनलाई सम्मान गरेका हुन् ।

झन्डै १५ वर्ष देखि बिभिन्न रेडियो, टेलिभिजन र अनलाईन न्युज पोर्टलबाट बोल्दै, लेख्दै आएका बर्देवा नेपालको सार्वजनिक शिक्षा क्षेत्रको वृत्तिविकास र उन्नयनमा खोज पत्रकारिता गर्दै आएका पत्रकार हुन् ।

२०६६ साल यता बर्देवाले नेपालको  सार्वजनिक शिक्षा क्षेत्रको पक्षमा पत्रकारिता मार्फत वकालत गर्दै आएका छन् ।

नेपालको सार्वजनिक शिक्षा क्षेत्रको वृत्तिविकास र उन्नयनमा खोज पत्रकारिता मार्फत लामो समयदेखि बिभिन्न रेडियो, टेलिभिजन र पत्रपत्रिका मार्फत बोल्दै, कलम चलाउँदै आएका बर्देवाको कार्यलाई उच्च सम्मान गर्दै थप प्रोत्साहन पुगोस् भन्ने उद्देश्यले सम्मान गरिएको जनकल्याण माध्यामिक विद्यालयले जनाएको छ।


प्रतिकृया दिनुहोस्