काठमाडौं, बैशाख १५- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले आफ्नो कार्यकालमा राम्रो काम गरेर मातृभूमिको ऋण तिर्ने ईच्छा रहेको बताएका छन् । काठमाडौंको महांकालमा रहेको श्री जनकल्याण माध्यामिक बिद्यालयको ७० औ बार्षिकोत्सव कार्यक्रमलाई संबोधन गर्दै मन्त्री राईले यस्तो बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले आफ्नो कार्यकालमा भाषण धेरै नगर्ने, काम गरेर देखाउने पनि बताएका छन् । उनले भने,- “हजारौ शब्दमा गरिने भाषण भन्दा एउटा काम ओजनदार हुन्छ, त्यसैले म आफ्नो कार्यकालमा अधिकतम ओजनदार काम गर्ने प्रयत्न गर्ने छु ।”
उनले, सार्वजनिक शिक्षा क्षेत्रलाई अहिलेको अवस्था भन्दा माथी उठाएर लैजाने सरकारको संकल्प रहेकोले, अबको केहि महिनामा सार्वजनिक शिक्षा क्षेत्रको अवस्था अहिलेको जस्तो नहुने उनको भनाई थियो । सरकारले चाडै नै नयां शिक्षा ऐन ल्याउन लागेको र ऐनमा धेरै त्रुटी नहोस भनेर मन्त्रालयको टिमले काम गरिरहेको उनले बताए ।
“सरकारले शिक्षा क्षेत्रलाई महत्वका साथ हेर्छ, अहिले अर्थतन्त्रमा थोरै समस्या आएकोले हामीले चाहेअनुसार काम गर्न सकिरहेका छैनौं, यो लामो समय रहदैन, हामी शिक्षा क्षेत्रका तमाम समस्या समाधान गर्दै अघि बढ्छौ चिन्ता नलिनु होला” उनले भने ।
“शिक्षा” सस्कारयुक्त हुनु पर्नेमा जोड दिदै मन्त्रि रीईले जनकल्याण माध्यामिक विद्यालयले यसको अभ्यास गरिरहेको थाहा पाउदा आफु निकै खुसि भएको बताउदै यो बिध्यालयलाई यो ठाउँसम्म ल्याउन अहोरात्र खटिने सम्पूर्ण बिद्यालय परिवारलाई धन्यबाद व्यक्त गरे । सरकारको नीति भित्र रहेर जनकल्याण माध्यामिक विद्यालयको उन्नयनको लागि के गर्न सकिन्छ त्यो आफुले गर्ने समेत उनले बताए ।