काठमाडौं, बैशाख २- नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’को आमामाथि गोली प्रहार भएको छ । गए राति बालुवाटार स्थित निवासमा प्रहरी सहायक हवल्दार प्रकाश पुन मगरले गोली प्रहार गरेका हुन् ।
प्रधान न्यायाधीशको सुरक्षा टिममा कार्यरत प्रकाश पुनलाई प्रहरीले पक्राउ गरेको छ । गए राति १० बजेतिर उनले गोली प्रहार गरेका हुन् ।
प्रधान न्यायाधीशको सुरक्षा टिममा कार्यरत सहायक हवल्दार प्रकाश पुन मगर गएराति नयाँ वर्ष मनाउन ७४ वर्षीया तिर्थमालीको निवासमा गएका थिए । तिर्थमाली नातामा नाताले उनको हजुरआमा हुन् । पारिवारिक जमघटको माहौलमा प्रकाशले तिर्थमालीलाई गोली प्रहार गरेर फरार भएका हुन् । सहायक हवल्दार प्रकाश पुनलाई प्रहरीले बागडोलबाट पक्राउ गरेको छ । आरोपीलाई अहिले अनुसन्धानका लागि नक्साल स्थित प्रहरी प्रधान कार्यालयमा लगिएको छ ।
प्रहरी वृत्त मालिगाउँले घटनास्थलबाट प्रहरीले प्रयोग गर्ने चिनियाँ पेस्तोल ‘टाइप–५४’ बरामद गरेको छ ।
अनन्तकी आमाको खुट्टामा गोली लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार हुँदै छ ।