Hamro Sanchar

पर्यटनमन्त्री किराँती बिहिबार जहरसिंपौवा आँउदै, यस्तो छ कार्यक्रम

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, २२ गते


काठमाडौं, चैत २२- नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती भोलि पर्यटकिय नगरी शंखरापुर नगरपालिका वडा नम्बर-३ जहर्सिंपौवा आउने भएका छन् । वडाको जहरसिंपौवामा निर्माण हुन लागेको पुरानो चैत्य(विश्व शान्ती झ्याङ्ज्यो छोर्तेन)को शिलान्यास कार्यक्रममा सहभागी किराँती यहाँ आउन लागेका हुन् ।

बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयबाट बजेट बिनियोज भई निर्माण हुन लागेको निर्माण समितिका अध्यक्ष बासु वाईबाले जानकारी दिए । सो चैत्य निर्माणसँगै सो ठाँउमा बुद्ध पार्क तथा बुद्धको प्रतिमा स्थापना गर्ने कार्यक्रम रहेको शंखरापुर नगरपालिका वडा नम्बर-३ का पूर्वअध्यक्ष तथा समाजसेवी सन्त बहादुर वाईबाले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्