काठमाडौं, चैत ५- पत्रकार ऋषि धमला र शर्मिला वाईबा बीचको सम्बन्धको बारेमा छताछुल्ल भएपछी धमला पत्नी एलिजा गौतम तनावमा छिन । उनलाई यो समय आफ्ना श्रीमान् को ईज्जत जोगाउन र आफ्ना दर्शकबाट जोगिन हम्मेहम्मे परिरहेको छ ।
धमला र वाईबाबीचको सम्बन्धलाई लिएर उनिहरुमाथी हमला भईरहेको छ । ऋषि धमला र आफ्नो सम्बन्धको बारेमा वाईबाले बोल्न छोडेकी छैनन् । वाईबाको भिडियोलाई धेरैले धमला लक्षित ट्रोल बनाई रहेका छन् । धमला आफुले पनि वाईबाको आरोप झुट हो भन्न सकिरहेका छैनन् ।
यसैबीच धमला पत्नी एलिजा गौतमले आईतबार दिउँसो सामाजीक संजाल फेसबुकमा स्टयाटस लेखेकी छिन । उनको स्टयाटसको भाव थकित भनेर बुझ्न सकिन्छ । उनि लेख्छिन, “संसारले जे भनोस् बाल भएन बस तिमि र मा चाहि सधै यसै गरी हासिरहनु पर्छ”