Skip
आज : २०८२ कार्तिक २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कागेश्वरी धाममा आइतबारदेखि ‘बिराट धार्मिक पर्यटन महोत्सव’ हुँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ फागुन, १५ गते


काठमाडौं, फागुन १५- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १ स्थित कागेश्वरी धाममा बिराट धार्मिक पर्यटन महोत्सव हुने भएको छ । आउँदो फागुन २१ गतेदेखी २९ गतेसम्म सञ्चालन हुने श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ एवम् बिराट धार्मिक पर्यटन महोत्सव हुने वडा अध्यक्ष समेत रहेका महोत्सव आयोजक समितिका संयोजक मुकुन्द प्रसाद गजुरेलले जानकारी दिए ।

महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्न नगरपालिकाका वडाहरुमा सरोकारवालाहरुसंग छलफल समेत गरिएको छ ।

कागेश्वरी मनोहरा वडा नम्बर ६ का वडाअध्यक्ष प्रकाश फुयाल र ७ का अध्यक्ष भिमसेन थापाको पहलमा सोमबार सरोकारवालाहरुसंग छलफल भएको छ । उनीहरुले कागेश्वरी धाम धार्मिक र पर्यटकीय हिसाबले ऐतिहासिक ठाउँ भएको बताउदै सो ठाउँमा हुन लागेको धार्मिक पर्यटन महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्न सरोकारवालाहरुलाई सक्रिय भएर लाग्न आग्रह गरेका छन् ।

‘बिराट धार्मिक पर्यटन महोत्सव’ हुने दिन नजिकिदै गर्दा द्रुत गतिमा तयारी हुँदै गरेको बताइएको छ ।


प्रतिकृया दिनुहोस्