काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सूदन किराँती आफू मन्त्री बन्ने पक्का भएपछि आफ्ना बिरामी बुबासँग फोनमा कुराकानी गरेका छन् । आफू मन्त्री बन्न लागेको कुरा सुनाउँदा बुबा आश्चर्यचकित बनेको उनले फेसबुकमार्फत बताएका छन् । आफू फोक्ल्यान्डको युद्धमा मरेको भए यो दिन देख्न नपाउने रहेछु भनेर निकै भावुक बने ।
आफ्नो वंशमा कोही वडाध्यक्षसम्म पनि हुन नसकेको तर छोरा मन्त्री बन्न लागेकामा खुसी व्यक्त गर्दै उनले देश र जनताका लागि राम्रो काम गर्न सुझाव दिएका छन् ।
किराँतीले फेसबुकमा राखेको बाबु छोराको टेलिफोन वार्ता यस्तो छ
डाँडाको जूनघामजस्तै बुबासँग कुराकानी !
म- बुबा म मन्त्री हुने भएँ छु ।
बुबा -हँ १ होइन कुन मन्त्री ? राम राम राम ! साँच्चै हो ? होइन यो सपना हो कि विपना हो ?
म – हो बुबा साँच्चै हो बिपना नै हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन ।
बुबा- मन्त्रीचाहिँ कसरी भइस् ? कसले गर्दा भइस् ?
म- पहिलो त तपाईंहरूले जन्माउनुभयो । दोस्रो मैले राजनीतिमा धेरै दुःख गरेँ । तेस्रो जनताले माया र भरोसा दिए । चौथो पार्टीले विश्वास गर्यो ।
बुबा- राम राम राम १ म उहिले फोक्ल्यान्डको लडाइँमा मरेको भए यो दिन सुन्न र देख्न पाउँदिनथेँ !
म- म पनि जनयुद्धमा मरेको भएँ त्यस्तै त हो…
बुबा- हाम्रो वंशमा वडाध्यक्षसम्म कोही भएनौँ । राम्रो गर्नू ।
म-पाउनु ठुलो कुरा होइन काम गर्नु ठुलो कुरा हो । म मिहिनेत गर्छु । आमाजी त पितृको देशमा हुनुहुन्छ आज हामी सँगै हुन पाएको भए…
बुबा- म गएपछि तेरो आमासँग भेट हुन्छ नै होला । म सबै भनिदिउँला ।
बुबा रुनु भो ! म ।।।
सम्झेँ – बुबाले मलाई जेलमा भेट्न आउँदा पनि उबेला धेरै रुनुभएको थियो । आज पनि उस्तै रुनुभो । तर प्रसंग बेग्लै थियो । आँसु भने उस्तै, आँसुको मुहान र भाव भने फरक ।