Hamro Sanchar

शेखर कोइरालाको दाबी : राष्ट्रपति र प्रधानमन्त्री दुबै कांग्रेसले पाउँछ

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, ७ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.शेखर कोइरालाले अबको नयाँ प्रधानमन्त्री र राष्ट्रपति नेपाली कांग्रेस पार्टीबाट नै बन्ने दाबी गरेका छन् । शपथग्रहणका लागि संघीय संसद् पुगेका कोइरालाले दुवै पदमा कांग्रेसले पाउने दाबी गरेका हुन् ।

बुधबार मात्र महामन्त्री गगन थापालाई हराउँदै सभापति शेरबहादुर देउवा पार्टीको संसदीय दलको नेताको रूपमा निर्वाचित भएका छन् । यता राष्ट्रपतिमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको चर्चा चलेको छ ।

पौडेल संसदीय दलको नेताको निर्वाचनमा देउवाका प्रस्तावक बनेका थिए । यता सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रले पनि पहिलो चरणमा आफूले प्रधानमन्त्री पद पाउनुपर्ने दाबी गर्दै आएको छ ।


प्रतिकृया दिनुहोस्