Hamro Sanchar

त्रिवि क्रिकेट मैदानबाट सट्टेबाजीमा संलग्न २० जना बढी पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ मंसिर, २ गते


Advertisement

काठमाडौं । नेपाल र यूएईको एकदिवसीय खेलमा लाइभ बेटिङ (सट्टेबाजी) गर्ने २० जनाभन्दा बढी पक्राउ परेका छन् । कीर्तिपुर प्रहरी वृत्तको सहयोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल हेर्ने बहानामा बेटिङ गर्नेहरूलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरूको साथबाट मोबाइल समेत बरामद गरिएको छ । उनिहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले गत शुक्रबार शृखंलाको पहिलो खेलमा नै शंकास्पद गतिविधिमा रहेका केही दर्शकलाई निगरानीमा राखेको जनाएको छ ।

त्यही आधारमा अनुसन्धान अघि बढाउँदा आज केही व्यक्तिलाई नियन्त्रणमा लिइएको हो । नेपाल र यूएईबीच शुक्रबारदेखि एकदिवसीय खेलको शृंखला सुरु भएको हो । १-१ को बराबरीमा रहेको शृखंला शुक्रबारको खेल जित्नेले जित्नेछ ।


प्रतिकृया दिनुहोस्