Hamro Sanchar

टी-२० विश्वकप क्रिकेट : पाकिस्तानले इंग्ल्याण्डलाई दियो १३८ रनको लक्ष्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ कात्तिक, २७ गते


Advertisement

काठमाडौं । आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको फाइनलमा पाकिस्तानले इंग्ल्यान्डलाई जितका लागि १ सय ३८ रनको लक्ष्य दिएको छ । मेलबर्न क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३७ रन बनायो ।

पाकिस्तानका लागि शान मसुदले सर्वाधिक ३८ रन जोडे । कप्तान बाबर आजमले ३२ रन जोड्दा मोहमद रिजवानले १५ रन बनाए । शादब खानले २० रन जोड्दा मोहमद हरिस ८ रन, मोहमद वासिम ४ रन, मोहमद नवाज ३ रन तथा इफ्तिखर अहमेद सुन्य रनमा आउट भए ।

शाहिन साह अफ्रिदी ५ रनमा अविजित रहदा हरिस राउफले अविजित १ रन बनाए । इंग्ल्यान्डका साम करनले ३ विकेट लिए । घातक बलिङ गरेका उनले ४ ओभरमा मात्र १२ रन खर्चिए । क्रिस जोर्डन र आदील राशिदले २र२ विकेट लिए । बेन स्टोक्सको नाममा १ विकेट रह्यो ।

आज दुबै टोली उपाधि उचाल्ने योजनासहित मैदान उत्रिएका छन् । आज दुबै टिम जित निकाल्दै दोस्रो पटक च्याम्पियन बन्न चाहन्छ । इंग्ल्यान्ड दोस्रो सेमिफाइनलमा भारतलाई हराउँदै फाइनल पुगेको हो । पहिलो सेमिफाइनलमा पाकिस्तानले न्युजिल्याण्डलाई पराजित गरेको थियो ।


प्रतिकृया दिनुहोस्