काठमाडौं । कतारमा हुने विश्वकपको विजेताले अहिलेसम्मकै सबैभन्दा धेरै ४२ मिलियन अमेरिकी डलर पाउने भएको छ । ४ वर्षअघि रुसमा भएको विश्वकप विजेता फ्रान्सले पाएको भन्दा ४ मिलियन बढी हो। यस्तै २०१४ को ब्राजिल विश्वकप भन्दा ७ मिलियनले बढी हो।
विश्वकप विजेताले उपाधिसँगै ठूलो मात्रामा नगद रकम पाउनेछन्। विश्वकप विजेताले पाउने रकम आश्चर्यजनक छ। र, हरेक संस्करणमा विजेताले पाउने रकममा वृद्धि हुँदै आइरहेको छ। अब बन्ने विश्वकप विजेताले पाउने रकम नेपालीमा हिसाव गर्दा करिव ५ अर्ब ४४ करोड हुन आउँछ।
विश्वकप विजेताले ५ अर्ब ४४ करोड २३ लाख ६० हजार ९नेपाल राष्ट्र बैंकअनुसार आइतबार अमेरिकी डलरको बिक्री मूल्य० पाउनेछन्। यस्तै उपविजेताले ३० मिलियन डलर अर्थात् नेपाली रकम ३ अर्ब ८८ करोड ७४ लाख पाउनेछन्।
अर्को साता ९नोभेम्बर २००देखि सुरु हुने विश्वकपको माहोल विश्वभर बन्दैछ। विश्वको उत्कृष्ट ३२ टिमहरु अहिले कतारमा हुने फिफा विश्वकप फुटबलको अन्तिम तयारीमा जुटेका छन्। छनोट भएका टिमहरु आफ्नो टोली घोषणामा व्यस्त छन्।
फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप फुटबल विश्वकै ठूलो खेल मेलामा पर्छ। यसले सारा विश्वको ध्यान खिचिरहेको हुन्छ। एक महिनासम्म चल्ने विश्वकपको उपाधि कसले जित्ला भन्ने धेरैको चासो छ । विश्वकपमा आयोजकको हैसियतमा डेब्यू गर्न लागेको कतार र छनोट भएर आएका ३१ राष्ट्रहरु विश्वकप ट्रफी जित्न नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म प्रतिस्पर्धामा उत्रनेछन्।
विश्वकप विजेताले फिफा विश्वकप ट्रफी पाउनेछन्। जसको मूल्य २० मिलयन अमेरिकन डलर बराबरको भएको बताइएको छ। १८ क्यारेट सुन जडित उक्त ट्रफी ३६।८ सेन्टिमिटर अग्लो छ भने ६।१ किलोग्राम तौलको छ। यद्यपी विश्वकप जसले जिते पनि सक्कली ट्रफी लैजान भने पाउँदैनन्। तेस्रो हुने टिमले २७ मिलियन अर्थात ३ अर्ब ४९ करोड ८६ लाख ६० हजार र चौथो हुने टिमले २५ मिलियन अर्थात ३ अर्ब २३ करोड ९५ लाख रुपैयाँ पाउनेछन् ।
क्वाटरफाइनल पुग्ने टिमले १७ मिलियन अर्थात २ अर्ब २० करोड २८ लाख ६० हजार रुपैयाँ पाउनेछन् । अन्तिम १६ मा पुग्ने टिमहरुले १३ मिलियन डलर अर्थात १ अर्ब ६८ करोड ४५ लाख ४० हजार पाउनेछन् । समूह चरणमा खेल्ने टिमले ९ मिलियन अर्थात १ अर्ब १६ करोड ६२ लाख २० हजार रुपैयाँ पाउनेछन् । कतार विश्वकपको कुल पुरस्कार राशी ४४० मिलियन अर्थात् ५७ अर्ब १ करोड ५२ लाख रुपैयाँ छ ।