Hamro Sanchar

गायिका दिलमाया सुनार आफ्नै कोठामा मृत फेला, एक जना पक्राउ

प्रकाशित : २०७९ असार, १२ गते


Advertisement

काठमाडौं, असार १२- दोहोरी गायिका दिलमाया सुनार आफ्नै कोठामा मृत भेटिएकी छन् । प्रहरीका अनुसार शनिबार राति ११ बजे काठमाडौंस्थित आफ्नै डेरामा उनी मृत अवस्थामा भेटिएकी हुन् । सुर्खेत घर भएकी ३० वर्षीया गायिका सुनार काठमाडौंको नेपालटारमा डेरामा बस्दै आएकी थिइन् ।

उनले शुक्रबार आफू बाँच्न मुस्किल भएको भन्दै सामाजिक संजाल फेसबुकमा स्टाटससमेत लेखेकी थिइन् ।

प्रहरीले घटना अनुसन्धानका क्रममा सूर्य श्रेष्ठलाईलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार शूर्य शनिबार बिहानै मृतक सुनारको कोठामा पुगेको थाहा भएको छ ।

प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

गायिका दिलमायाले ख्यातिप्राप्त लोकगायक राजु परियारसँग मिलेर केही चर्चित गीत गाएकी छन् भने उनी लाइभ दोहोरी गीतका कारण पनि चर्चित थिइन् ।


प्रतिकृया दिनुहोस्