काठमाडौं, असार २६- मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकप्टर सोलुखुम्बुको लाम्जुरा क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।
उक्त हेलिकप्टर लिखुपिके गाउँपालिकास्थित वडा ५ मा पर्ने लामजुरा क्षेत्रमा रूखमा ठोक्किएर दुर्घटना भएको अवस्थामा फेला परेको कोशी प्रदेशका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिए । उनका अनुसार असई निराजन बस्नेतको टोलीले उद्दार जारी राखेको छ ।
दुर्घटनास्थलमा हेलिकप्टरमा सवार ६ मध्ये पाँच जनाको शव भेटिएको छ । अर्का एक जनाकाे अवस्था अज्ञात छ । सोलुखुम्बुको सुर्केबाट विहान ९ः५२ बजे काठमाडौँका लागि उडेको कल साइन एनए–एमभी भएको हेलिकोप्टर विहान १०ः१ बजे सम्पर्कविहीन भएको थियो । क्याप्टेन चेतबहादुर गुरूङले हेलिकप्टर उडाएका थिए भने पाँच म्याक्सिनकन सवार थिए ।