Hamro Sanchar

बलात्कारजस्तो संवेदनशील विषय मजाक बनाएको भन्दै सामाजिक सञ्जालमा सन्दीपको आलोचना

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असार, २५ गते


काठमाडौँ, असार २५- बलात्कारजस्तो संवेदनशील विषय मजाक बनाएको भन्दै सामाजिक सञ्जालमा हास्य कलाकार तथा टेलिभिजन प्रस्तोता सन्दीप क्षेत्रीको व्यापक आलोचना आएको छ । कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने ‘ह्वाट द फ्लप’ शोमा अभिनेता पल शाहले जेल पर्दाको अनुभव सुनाइरहँदा मजाक बनाएपछि सन्दीप आलोचनामा तानिएका हुन् ।

‘पल शाह र सन्दीपको घिनलाग्दो दृश्य नाबालिग बलात्कार घटनामा मजाक,’ अमृता लम्सालले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छिन् । त्यस्तै, दिनेश काजीले लेख्छन्, ‘एउटा छोरीको बाउ सन्दीप क्षेत्री कसरी यस्तो निर्लज्ज, पतित हुन सक्छ ?…को पीडामा उसको छोरीको अनुहार याद आएन छ ? अझ अट्टहास पो गर्दैछ । हिम विष्ट लेख्छिन्, ‘सन्दीप क्षेत्री न हिजो सुध्रियो न आज । भोलि पनि यसरी नै गम्भीर विषयलाई उनले हँसिमजाक मै उडानेछन् । सुध्रिन पर्ने त उनी जस्ता असंवेदनशील पात्रहरूलाई ‘लाइमलाइट’ दिने संस्थाहरू हो ।

त्यस्तै केही दिनअघि यही प्रकरणमा पीडित रहेकी गायिकाले यसै सोमा आफूलाई समाजले अझै प्रताडित गरिरहेको बताउँदै अर्को जन्ममा ‘छोरी भएर जन्मन नपरोस्’ भन्दै भक्कानिएकी थिइन् ।


प्रतिकृया दिनुहोस्