Hamro Sanchar

नक्कली भुटानी शरणार्थी प्रकरण : थप दुई जना पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, २६ गते


काठमाडौं, बैशाख २६- नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा थप दुई आरोपित पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोविन्द चौधरी र रामशरण केसी रहेका छन् ।

चौधरी सुनसरीका रहेको बताइएको छ भने केसी काठमाडौंका हुन् ।

दुवैबारे प्रहरीले ‌औपचारिक विवरण सार्वजनिक गरेको छैन । यही कसूरमा केशव दुलाल‚ सानु भण्डारी‚ सन्देश शर्मा‚ सागर थुलुङ राई‚ सन्दीप रायमाझी‚ टंक गुरुङ‚ सरकारका सचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई यसअघि नै पक्राउ परिसकेका छन् ।

यसमा मुछिएका पूर्वउपप्रधानमन्त्री एवं नेकपा एमालेका सचिवसमेत रहेका प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी र तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राईका छोरा नीरज राई भने अहिलेसम्म फरार छन् ।


प्रतिकृया दिनुहोस्