जनकपुरधाम, पुस १४- मधेसमा स्वतन्त्र सांसद रहेका जवाहर महतो नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
बुधबार साँझ प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निजी निवास खुमलटारमा कुशवाहालाई पार्टी प्रवेश गराएका हुन् ।
महतो सर्लाही क्षेत्र नम्बर ३ को प्रदेश सभा क्षेत्र १ बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए ।
उनले एमालेका गणेश प्रसाईंलाई हराएका थिए । यो क्षेत्र वामलोकतान्त्रिक गठबन्धनबाट नेकपा एकीकृत समाजवादीको भागमा उम्मेदवार परेपछि उनी माओवादी परित्याग गरेका थिए ।
अहिले मधेसमा माओवादीका सांसद ९ जना पुगेका छन् ।