काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई छुटाउने गरी सरकारले ल्याउन लागेको अध्यादेशको चारैतिरबाट बिरोध भएको छ । यसैक्रममा नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पनि सरकारले टीकापुर हत्याकाण्डका दोषी रेशम चौधरीलाई रिहा गर्न सहज हुने गरि अध्यादेश ल्याउन लागेकोमा विरोध गरेका हुन् ।
उनले अध्यादेशमार्फत् कानुन संशोधन गरेर अदालतले दोषी ठहर्याएकालाई माफी दिने प्रयास गरिनु कानुनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास गर्नु भएको बताएका छन् ।
आफू अनुकूलको राजनीतिक सहजताका लागि कानुनलाई बंग्गयाउने छुट कसैलाई नभएको पनि उनले बताएका छन् । सँगसँगै यसले भोलिका लागि गलत नजिर बस्ने शेखर कोइरालाले उल्लेख गरेका छन् । यसअघि कांग्रेसका महामन्त्री दुई गगन कुमार थापाल र विश्वप्रकाश शर्माले पनि अध्यादेशको बिरोध गर्दै तत्काल फिर्ता लिन माग गरेका छन् ।