काठमाडौं । संघीय संसद् सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नियमित कामकाज गर्न दिन विभिन्न ६ वटा निकायलाई पत्र पठाएको छ । ङ्सिर २१ गते बुधबार संघीय संसद् सचिवालयले प्रधानन्यायाधीशमाथिको महाभियोग निष्प्रभावी भएको भन्दै नियमित कामकाज गर्न दिन पत्र पठाएको हो ।
संघीय संसदका महासचिव डा। भरतराज उप्रेतीबाट जारी गरिएको पत्रमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संवैधानिक परिषद्को कार्यालय, सर्वोच्च अदालत, न्याय परिषद् र प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई समेत पत्र दिएर जानकारी गराइएको छ ।
पत्र सङ्ख्या ०७९र८०, चलानी नम्बर ७ बाट जारी पत्रमा पुरानो सांसदको कार्यकाल सकिएको कारण महाभियोग पनि निष्प्रभावी भएको भनिएको छ ।