Hamro Sanchar

बुबा–आमा अलपत्र पार्नेले अब पुर्खौली सम्पत्तिमा दावी गर्न नपाउने

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ भदौ, १६ गते


काठमाडौँ, भदौ १६- बुबा–आमा तथा जेष्ठ नागरिक अलपत्र पार्ने सन्तानले अब पुर्खौली सम्पत्तिमा दावी गर्न नपाउने भएका छन् । बुबा–आमा तथा जेष्ठ नागरिकका हकवाला र नातेदारले जेष्ठ नागरिकलाई अलपत्र पारेमा उनीहरुले पुर्खौली सम्पत्तिमा दावी गर्न नपाउने भएका हुन् ।

सरकारले जेष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) ऐन २०७९ आजबाट कार्यान्वयनमा ल्याएको छ । उक्त ऐन कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले राजपत्रमा प्रकाशित गरेसँगै कार्यान्वयनमा आएको छ ।

यस ऐन अनुसार बुबा–आमा तथा जेष्ठ नागरिकलाई पालन पोषण तथा हेरचाह नगरिएका वा अलपत्र रहेका जेष्ठ नागरिकलाई अब स्थानीय तहले पालन पोषणको व्यवस्था गर्नुपर्छ । त्यस अवस्थामा जेष्ठ नागरिकको जायजेथा वा अंशभाग भएमा स्थानीय तहको सरकारले उनीहरुको सम्पत्ति आफ्नो स्वामित्वमा लिनेछ । यो सम्पत्ति निज जेष्ठ नागरिकको हक र हितमा परिचालन गर्नुपर्नेछ ।


प्रतिकृया दिनुहोस्