Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

राष्ट्रपति पौडेल आज स्विट्जरल्याण्ड जाँदै

June 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ २९- राष्ट्रपति रामचन्द्र पौडेल आज स्विट्जरल्यान्डको जेनेभा जाँदैछन् । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस)को उद्घाटन मञ्चमा सहभागी हुन उनी त्यसतर्फ...बाँकी

भारतको दुईदिने भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

June 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ २८- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन् । भारतको दुईदिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड सोमबार साँझ स्वदेश फर्केका हुन् । प्रधानमन्त्री प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन...बाँकी

गण्डकी प्रदेश : फ्लोर क्रस गर्ने फणीन्द्र र मनाङे मन्त्री बन्दै

June 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
पोखरा, जेठ २८- पार्टी ह्विप विरुद्ध फ्लोर क्रस गरेर गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिएका फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे मन्त्री बन्दैछन् । उनीहरूलाई मंगलबार शपथ गराउने तयारी गरिएको छ...बाँकी

गृहमन्त्रीविरूद्धको रिटमा सर्वोच्चद्वारा सुप्रिम सहकारी ठगी मुद्दाको मिसिल झिकाउन आदेश

June 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ २८- गृहमन्त्री रवि लामिछानेविरूद्ध परेको रिटमाथि सर्वोच्चले मिसिल झिकाउन आदेश गरेको छ । महान्यायाधिवक्ता र गृहमन्त्रीविरूद्धको रिटमा सर्वोच्चले सुप्रिम सहकारी ठगी मुद्दाको मिसिल झिकाउन आदेश गरेको हो । सहकारी ठगीको मुद्दा नभएको भन्दै...बाँकी

फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेपछि गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

June 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ २८- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राएका छन् । नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्नबाट २०७९ को चुनावमा गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र १ बाट जितेका नेपाल समाजवादी...बाँकी

गण्डकीमा सांसद फणिन्द्र देवकोटाको फ्लोर क्रस : एमाले–माओवादीको नाराबाजी

June 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
पोखरा, जेठ २८- नेकपा (माओवादी केन्द्र)को चुनाव चिह्नबाट निर्वाचित फणिन्द्र देवकोटाले सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका छन् । माओवादीले उनलाई आफ्नो सांसद रहेको बताउँदै आएको छ । तर, उनले आफूलाई नेपाल समाजवादी पार्टी (नेसपा)को सांसद...बाँकी

भारतीय व्यावसायीलाई प्रधानमन्त्रीको आग्रह : नेपालमा ढुक्क भएर लगानी गर्नुस्

June 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, जेठ २८- छिमेकी मित्र राष्ट्र भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग त्यहाँको ‘फेडेरेसन अफ इन्डिया च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री’ (फिक्की) को प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । प्रधानमन्त्री बसेको होटल ताजमा...बाँकी

प्रधानमन्त्री प्रचण्डसँग भारतीय विदेशमन्त्रीको भेटवार्ता

June 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, जेठ २८- भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका नवनियुक्त विदेशमन्त्री एस जयशङ्करले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रतिनिधिमण्डलस्तरीय भेटमा उनिहरूबीच नेपाल–भारतबीच रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको...बाँकी

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा सुनुवाइ सकियो

June 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, जेठ २८- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटमा सुनुवाइ सोमबार सकिएको छ । न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले अब अन्तरिम आदेश दिने वा रिट खारेज गर्ने वा थप प्रमाण...बाँकी

आपसी सम्बन्ध र द्विपक्षीय हितका बिषयमा प्रचण्ड र मोदीबीच भेटवार्ता

June 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, जेठ २८- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आइतबार बेलुका भएको भेटमा उनीहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । सो...बाँकी