Hamro Sanchar

एमाले सांसद कोइरीले निलम्बन फुकुवाको माग गर्दै दिए निवेदन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० पुष, ८ गते


Advertisement

काठमाडौँ, पुस ८- निलम्बन फुकुवा गर्न माग गर्दै नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले निवेदन दिएका छन् । कोइरीले फुकुवाको माग माग गर्दै संघीय संसद सचिवालयमा निवेदन दिएका हुन् ।

२८ मंसिरमा महोत्तरी जिल्ला अदालतले सशस्त्र प्रहरी बलका असई थमन बिक हत्याको मुद्दामा सफाइ दिएपछि सांसद कोइरीले आफ्नो निलम्बन फुकुवा गर्न र अहिलेसम्मको सेवा सुविधा माग गर्दै संघीय संसद सचिवालयमा पत्र लेखेका छन् ।

मधेश आन्दोलनमा सशस्त्र असई बिकको हत्या आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि फरार रहेका कारण महोत्तरी–१ बाट निर्वाचित कोइरी हाल निलम्बित अवस्थामा छन् ।


प्रतिकृया दिनुहोस्