काठमाडौँ, कात्तिक १६- सरकारले सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले राति १२ बजेदेखि अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
आजको बैठकले सहसचिव राधिका अर्याललाई प्रशासनतर्फको सचिव र विश्वबाबु पुडासैनीलाई प्राविधिकतर्फको सचिवमा बढुवा गर्ने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।