Hamro Sanchar

गृहपृष्ठ खेलकुद, मुख्य समाचार, समाचार

स्पट फिक्सिङमा मोहमद आदिल र महबुबसहित ५ जनाविरुद्ध मुद्दा दर्ता

February 20, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर मोहमद आदिल आलम, पूर्वराष्ट्रिय खेलाडी महबुब आलमसहित ५ जनाविरुद्ध जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको अनुसन्धानको आधारमा जिल्ला वकिलको कार्यालय, काठमाडौंले...बाँकी

विमानस्थलमा अध्यागमनको सर्भर डाउन, अन्तर्राष्ट्रिय उडान प्रभावित

February 20, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागनमको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय तर्फको उडान प्रभावित भएको छ । उडान प्रभावित हुँदा सयौं यात्रु समस्यामा परेका छन् । अध्यागमनको सर्भर डाउन भएपछि प्रवेशाज्ञा र प्रस्थान अनुमति दिने कार्य...बाँकी

बोराभित्र हालेको अवस्थामा भेटियो महिलाको शव

February 20, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
विराटनगर । मोरङको बुढीगंगा–२ अमाहिमा १ जना महिलाको शव भेटिएको छ । पहिचान नखुलेको अन्दाजी ३५ वर्षीया महिलाको हत्या गरेको अवस्थामा शव भेटिएको हो । स्थानीय नरसिंह चौधरीको घरमा बोराभित्र हालेको अवस्थामा शव भेटिएको मोरङ...बाँकी

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न माओवादी बैठक बस्दै

February 20, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालयमा आज अपराह्न ४ः३० बजे बस्ने बैठकमा राष्ट्रपति निर्वाचनका सम्बन्धमा छलफल हुने कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री...बाँकी

विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक रेग्मी विमानस्थलबाट पक्राउ

February 20, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । प्रहरीको केन्द्रीय साइबर ब्युरोले विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । थाइल्याण्डबाट नेपाल आइपुगेका उनलाई सोमबार बिहान पक्राउ गरिएको ब्युरोका एसएसपी नवीन्द्र अर्यालले बताए । विद्युतीय स्वरुपमा...बाँकी

राष्ट्रिय टीमबाट विदेशमा खेल्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा सन्दीपको पुनरावेदन

February 20, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेले पाटन उच्च अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन् । विदेशी भूमिमा राष्ट्रिय टीमबाट खेल्न सर्वोच्चको फैसलाबाट अवरोध पुगेपछि उनले पुनरावेदन गरेका हुन् । काठमाडौं जिल्ला...बाँकी

सभामुख घिमिरेको टिप्पणी : शान्ति प्रक्रियाको कामलाई सरकारले प्राथमिकतामा राखेन

February 19, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सभामुख देवराज घिमिरेले सरकारले शान्ति प्रक्रियाको बाँकी कामलाई पूर्णता दिने कार्यलाई प्राथमिकतामा नराखेको टिप्पणी गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आइतबार राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले बेपत्ता पारिएका व्यक्तिको...बाँकी

चितवन २ मा उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान

February 19, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
चितवन । आगामी वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ। आयोगले सूचना जारी गर्दै फागुन १० देखि फागुन १६ गतेसम्म दल दर्ताका लागि...बाँकी

सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढ छ : प्रधानमन्त्री प्रचण्ड

February 19, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा स्पष्ट र दृढ रहेको बताएका छन् । आइतबार राष्ट्रिय समाचार समिति (रासस) को वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले...बाँकी

अध्यक्ष ओली भन्छन् : एमालेले उठाएको उम्मेदवार राष्ट्रपति बन्छ, १३ गतेमात्रै नाम लिन्छु

February 19, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले जसलाई उठायो उही राष्ट्रपति बन्ने दाबी गरेका छन्। आइतबार विराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ओलीले अहिलेको समीकरण जन्मिने बेलामा नै उक्त कुरा तय भएको पनि...बाँकी