Skip

Hamro Sanchar

कालीमाटीमा गोलभेँडाको भाउ किलोकै १०० नाघ्यो, अरु तरकारीको कति?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, १४ गते


१४ बैशाख, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

कालीमाटीमा आज गोलभेँडासहितका केही तरकारीको भाउ बढ्दा बोडी, लौका, घिरौँला, च्याउसहितका तरकारीको मूल्य केही घटेको छ। कतिपय तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।

कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा १०५, सानो लोकल गोलभेँडा ५९, रातो आलु २२, भारतीय आलु २३, भारतीय सुकेको प्याज ३५, तराईको गाँजर २३, लोकल बन्दा ४२, स्थानीय काउली २३, लाम्चो भन्टा ४५, डल्ले भन्टा ५५, हाइब्रिड मुला २२ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरि तनेबोडी ३०, लौका २०, घिरौँला ३०, लोकल परबल ६५, हरियो डल्ले फर्सी २०, पाकेको फर्सी ५७, भिन्डी ५१, कन्य च्याउ २१०, डल्ले च्याउ ४२५, कुरिलो ४५०, न्यूरो ७५, ब्रोकाउली ७५ रुपैयाँ प्रतिकिलो छ।

कालीमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ९५, सानो लोकल गोलभेँडा ५९, रातो आलु २२, भारतीय आलु २३, भारतीय सुकेको प्याज ३५, तराईको गाँजर २३, लोकल बन्दा ४०, स्थानीय काउली २४, लाम्चो भन्टा ४५, डल्ले भन्टा ५५, हाइब्रिड मुला २५ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरि तनेबोडी २८, लौका १८, घिरौँला ३१, लोकल परबल ५५, हरियो डल्ले फर्सी १७, पाकेको फर्सी ५७, भिन्डी ६२, कन्य च्याउ २३५, डल्ले च्याउ ४२५, कुरिलो ४५०, न्यूरो ७५ रुपैयाँ प्रतिकिलो थियो ।


प्रतिकृया दिनुहोस्