Hamro Sanchar

काठमाडौंमा फेरी १४ वर्षीया किशोरी बलात्कृत

प्रकाशित : २०७५/७/८ गते

काठमाडौं, कात्तिक ८- काठमाडौं महानगरपालिका-१३ सोल्टीमोडमा एकजना १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

ती किशोरीलाई धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ का ३० वर्षीय समिर पुलामीले बलात्कार गरेको जानकारी प्रहरीले दिएको छ।

पुलामीलाई प्रहरीले बुधबार नै पक्राउ गरेर हिरसतमा लिएको छ। पुलामीले सोल्टीमोडमा बस्ने १४ वर्षीया किशोरीलाई कोठामा एक्लै भएको बेला जबरजस्ती करणी उद्योग गरेको महानगरीय प्रहरी वृत कालिमाटीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्