Hamro Sanchar

साउदीमा एक नेपालीको हृदयघातबाट मृत्यु

प्रकाशित : २०७५/७/८ गते

बि बि खराल 

साउदी, अक्टोबर २५- साउदीमा एक नेपालीको हृदयघातबाट मृत्यु भएको छ ।

पूर्वी नवलपरासी गैंडाकोट-९ गैरी निवासी तारा प्रसाद भण्डारीको गत १९ तारिख शुक्रबार निधन भएको हो । उनी बिगत १९ बर्ष देखि साउदी अरबमा काम गर्दै आएका थिए ।

५१ बर्षिय भण्डारीको साउदीको रियाद स्थित हस्पिटलमा लैजादै गर्दा दुबै मिर्गौला ड्यामेज भएको र हिर्दयघातबाट निधन भएको संगै काम गर्ने नेपाली साथिहरुले बताएका छन् ।

ताराप्रसाद भण्डारी गैर आवासीय नेपाली संघ साउदीका सदस्य समेत हुन् ।

मृतकको शव नेपाल पठाउन सकिरहेको छैन भने यतिका दिन बितिसक्दा पनि उनको मृत्यु बारे सत्यतथ्य बाहिर आउन सकेको छैन ।

प्रतिकृया दिनुहोस्