Hamro Sanchar

सुन्दै अनौठो लाग्ने परम्परा : परिवारका मुखियाको मृत्युमा बन्चरोले औला काट्नुपर्छ

प्रकाशित : २०७५/७/७ गते

कात्तिक ७- सुन्दै अनौठो लाग्छ, हामी कतिलाइ सानो घाउ सहन कति गाह्रो हुन्छ । तर कसैलाई भने परम्पराको नाममा आफ्नो औँला छिनाल्न पर्दछ । इन्डोनएसियामा बसोबास गर्ने डानी समुदायमा नारीले आफ्ना आफन्त मर्दा हातका औँला नै काट्न पर्ने परम्परा रहि आएको छ ।

इन्डोनेसियाको पापुआमा रहँदै आएका दानी जनजातिका मानिसमा परिवारको मुखियाको मृत्यु हुदाँ परिवारका सबै सदस्यको बन्चरोले औला काटिदिने चलन छ । परिवारका सबै सदस्यले अनिवार्य रुपमा औला काट्नैपर्ने हुन्छ । यसो गर्दा मृत आत्माप्रति आदर र शोक प्रकट हुने उनीहरुको मान्यता छ । उनीहरुको औला काट्नु पूर्व औलालाई ३० मिनेटसम्म धागोले बाँधेर राखिन्छ । त्यसपछि सबै औला काटी ती औलालाई सुकाएर जलाउने गरिन्छ ।

यस्तो पीडादायक प्रथाको अन्यका लागि त्यहाँको सरकारले पहल नगरेको भने होइन । केही बर्ष पहिले नै त्यहाँको सरकारले यो परम्परा बन्द गर्नका लागि आदेश दिइसकेपनि दानी जनजातिका मानिस भने यो परम्परालाई निरन्तरता दिदै आएका छन् ।

प्रतिकृया दिनुहोस्