Hamro Sanchar

६ दिनसम्म रातदिन नाँचेर गिनिज बुकमा नाम लेखाउँदै बन्दना ! (भिडियोसहित)

प्रकाशित : २०७५/७/७ गते

कात्तिक ७- धनकुटा महालक्ष्मी नगरपालिका वडा नं. ९ मुर्तिढुंगाकी बन्दना नेपाल हाल नाराणथानमा बस्दै आएकी छन । उनले १२६ घण्टा नाचेर गिनिज बुकमा नाम लेखाउने तयारी गरिरहेकी छन् । यसको लागि बन्दनाले गिनिज वल्र्ड अफ रेकर्डको लागि एप्लाई गरिसकेकी बताएकी छन् ।

उनी नेपालको लोक संस्कृतिलाई जोगाउने उदेश्यले गिनिज बुकमा नाम लेखाउने तयारीमा जुटेकी हुन् । जसको अन्तिम तयारी पनि भइरहेको छ । सम्भवतः उनले कात्तिक २४ गते कल्चरल डान्सबाट गिनिज बुकमा नाम लेखाउने छिन् ।

हालसम्म शास्त्रीय संगीतमा केरलाका कलामण्डलम हेमलथाले १ सय २३ घण्टा ६ मिनेट नृत्य गरेर गिनिज बुकमा नाम लेखाएको रेकर्ड छ । उनलाई भारतीय प्रधानमनत्री नरेन्द्र मोदीले हालै मात्रै केरलाकी रानी पनि भनेर सम्बोधन गरेका थिए ।

अहिले उनको त्यो रेकर्ड तोड्न १ सय २६ घण्टाभन्दा बढी नाँच्ने तयारीमा जुटेकी छन् । अहिलेसम्म कल्चरल नृत्यमा भने कसैले पनि गिनिज बुकमा नाम लेखाएका छैनन् । हाल बन्दनाले पूर्वको मारुनी, नौमति बाजा, लगायतका नेपालका संस्कृति झल्किने सयौं गीतमा नृत्य गरेर विश्व किर्तिमान कायम गर्ने तयारीमा जुटेकी छन् ।

डान्स टिचर समेत रहेकी बन्दनाले आर्टिस्ट खबर युट्युब च्यानलसँग कुराकानी गर्दै आफुले १२६ घण्टा नाचेरै गिनिज बुकमा नाम लेखाउँदै गरेकी जानकारी गराएकी हुन् । उनले भनेकी छन्, ‘मैले लङ्गेष्ट डान्स म्याराथनको लागि मैलै एप्लाई गरेकी छु । मैले १२६ घण्टा नाचेर रेकर्ड राख्न लागेकी हुँ । यो भन्दा पहिले भारतको केरेलाकी एक जना महिलाले १२४ घण्टा नाचेर कायम गरेकी रेकर्डलाई तोड्न लागेकी हुँ । यो कात्तिक २४ गतेबाट सुरु हुन्छ ।’

उनले थपिन्, ‘१ घण्टामा ५ मिनट रेष्टको टाइम हुन्छ । सो समयमा रेष्ट गर्ने, रेष्टरुम जान मिल्छ ।, नाच्दै खान मिल्छ’

प्रतिकृया दिनुहोस्