Hamro Sanchar

मिटू अभियानमा रश्मिलाकाे खुलासा: मन्त्री केशव स्थापितकाे यौन प्रस्ताव अस्वीकार गर्दा जागिर गयो

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/७/७ गते

सामाजिक सञ्जालमा सुरु भएको #Metoo अभियानका क्रममा भारतका प्रतिष्ठित व्यक्तिहरुको नाम मुछिने क्रम जारी छ । बलिउडमा तहल्का मच्चाएको मि टुको समर्थनमा केही साता अघि नेपाली महिला पत्रकाहरुले पनि आफू विरुद्ध भएको यौन हिंसाका बारे बोले ।

विश्वभरी फैलिदै गएको मि टु मुभमेन्टले नेपाली राजनीतिक क्षेत्रमा नि प्रवेश पाएको छ । मि टु मुभमेन्टमा सहभागी हुँदै पत्रकार रश्मिला प्रजापतीले काठमाण्डु महानगरपलिकाको पुर्व मेयरले आफूलाई यौन दुर्व्यवहार गरेको कुरा सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन् । १५ वर्ष अघि भएको उक्त ह्यारेसमेन्टबारे उनले यसअघि पनि विभिन्न मिडियालाई बताएको उल्लेख गरेकी छिन् ।

तर, मुभमेन्ट अन्तर्गत भने उनले सामाजिक सञ्जालमा उक्त घट्नाबारे पहिलो पटक लेखेकी हुन् । मेयरको यौन प्रस्ताव अस्विकार गर्दा जागिर समेत गुमाउनु परेको अनुभव उनले फेसबुकमा सेयर गरेकी छिन् ।

उनलाई प्रदेश ३ का भौतिक योजना तथा निर्माण मन्त्री एवं काठमाण्डु महानगरपालिका पूर्व मेयर केशव स्थापितले ह्यारेस गरेको बारे लेखिन् । केशवले अहिले पनि अन्य पत्रकारलाई पनि ह्यारेस गरेको कुरा उनले दावी गरेकी छिन् ।

उनले लेखेकी छिन् ‘१५ वर्ष भयो त्यो घटना घटेको तर पनि उक्त व्यक्तिबाट नै अन्य महिलाहरु ह्यारेस भएको कुरा मैले पढेकी छु । उनी अझै महिलाहरुलाई ह्यारेस गरिरहेका छन् । मलाई थाहा छ, दर्जन भन्दा बढी महिलाहरुलाई उनले ह्यारेस गरेका छन् कति त मेरो फेसबुकको लिस्टमा पनि छन् । हामी बोल्न नसक्ने होइनौं । हामी हाम्रो आवाज उठाउन सक्छौं । हामी संसारलाई चिनाउन चाहन्छौं कि भौतिक योजना तथा निर्माण मन्त्री केशव स्थापित सेक्सुअल प्रेडेटर हो ।’

साथै उनले अाफू स्थापितबाट यौन हिंसामा परेकाे विषय यसअघि नै लेखेकाे बताइन् । उनले भनिन्, ‘उनको यौन प्रस्ताव अस्वीकार गर्दा जागिर गुमाएको पनि लेखेकी थिएँ ।’

यसअघि यो मुभमेन्टमा सहभागी हुँदै पूर्व सञ्चारकर्मी मीना कैनी,फिल्मकर्मी एवम् डकुमेन्ट्री मेकर सुविना श्रेष्ठ, बिम्मी कालिन्दा शर्माले सेक्सुअल ह्यारेसमेन्टका विषयमा बोलेकी थिइन् ।

उता भौतिक योजना तथा निर्माण मन्त्री एवं काठमाडौं महानगरपालिकाका पूर्व मेयर केशव स्थापितलाई न्यूज अभियानले सम्पर्क गरि तपाई काठमाडौं महानगरपालिकामा मेयर रहेको अवस्थामा पूर्व कर्मचारी रश्मिला प्रजापतीले १५ बर्ष अगाडि यौन उत्पीडनको आरोप लगाएकी छन् भनी गरेको प्रश्नमा  स्थापितले

मलाई हचुवाको भरमा बद्नाम गर्ने काम भइरहेको छ । म आज बिमारी छु भोली प्रहरीकोमा जान्छु । साइबर क्राइमको कानुन कडा छ । यसरी साल पनि नमिल्लने गरि बद्नाम गर्न पाइन्छ । दिन तिथि नमिले पनि साल त मिल्नु पर्यो नी होइन ? भन्दै उल्टै प्रश्न गरे ।

ल यौन उत्पिडनको आरोप आयो रे, २०५४,५५ साल यस्तो केहि त उल्लेख हुनुपर्यो । जागिर खान पाइएन भन्दैमा आरोप लगाउन पाइन्छ । कानुनी उपचारको लागि सल्लाह गर्दै छु । उनले प्रजापतिविरूद्ध कानुनी कारबाही गर्ने तयारीमा छन् ।  म मुद्दामा जान्छु।’  अर्को एक जना महिला पनि यस्तै कुरा गरेको छ रे । म त उसलाई चिन्दा पनि चिन्दिन उनले  यस्तो पो जवाफ दिएका छन् ।हामीले यो समाचार न्यूज अभियान र काठमान्डौ टुडे बाट लिएका हौ।

प्रतिकृया दिनुहोस्