Hamro Sanchar

बिहेपछि दुलान फर्काएर घर हिँडेकी नायिका थापाको दुर्घटनामा मृत्यु, श्रीमान घाइते

प्रकाशित : २०७५/७/६ गते

पाल्पा, कात्तिक ६– बिहेको दुलान फर्काएर घर फर्किएकी २१ वर्षीया नायिका रुपा थापा मगरको स्कुटर दुर्घटनामा ज्यान गएको छ ।

उनका श्रीमान् २७ वर्षीय महेश पुन गम्भीर घाइते भएका छन ।

स्याङ्जाको कालिगण्डकी गाउँपालिका–४, बिर्घामा रहेको माइतीमा बिहेको दुलान फर्काएर मालिका गाउँपालिका–१, नेटा गुल्मीमा रहेको घर फर्कने क्रममा स्याङ्जाको मालुङ्गा नजिकै उनिहरू चढेकाे लु ३७ प ३०९० नम्बरको स्कुटरलाई र विपरीत दिशाबाट आएको लु १ च ७२५६ नम्बरको जिपले ठक्कर दिएको थियो ।

घाइते थापाको उपचारको क्रममा पाल्पामा रहेको लुम्बिनी मेडिकल  कलेज प्रभासमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घाइते थापाका श्रीमान् महेशको लुम्बिनी मेडिकल कलेज प्रभासमै उपचार भैरहेको छ । उनको अवस्थासमेत गम्भीर रहेको अस्पतालले जनाएको छ ।

उनीहरुको ११ दिनअघि मात्रै मागी बिहे भएको थियो । मगर विद्यार्थी संघ पाल्पाकी पूर्व-अध्यक्षसमेत रहेकी मृतक थापाको शवलाई जिल्ला अस्पताल पाल्पामा पोष्टमार्टमपछि आफन्तलाई बुझाउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।उज्यालोबाट

प्रतिकृया दिनुहोस्