Hamro Sanchar

शीतलनिवासको टीकाको सार्वजनिक भएका तस्वीर बारे सामाजिक संजालमा कडा टिकाटिप्णी

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/७/६ गते

हिन्दूहरुको महानपर्व विजयादशमीको टीका लगभग सकिएको छ ।तर, शीतलनिवासमा भएको टीकाको सार्वजनिक भएका तस्वीरले यतिखेर राजनीतिक वृत्तमा तरंग ल्याएकोछ ।

हाम्रो धार्मिक, सांस्कृतिक, परम्परा अनुसार दशैंको टीका भनेको आफूभन्दा ठूलाको हातबाट लगाउने गरिन्छ ।सोही बमोजिम राष्ट्रका प्रमुख अर्थात राष्ट्रपतिको हातबाट प्रधानमन्त्रीदेखि लिएर मन्त्रीगण तथा विशिष्ट व्यक्तिहरुले शीतलनिवासमा गई टीका लगाएका छन् ।

राष्ट्रपतिबाट टीका लगाइएका तस्वीरका आशनप्रति अहिले सामाजिक संजालमा कडा टिकाटिप्णी भएका छन् । गणतन्त्रमा पनि राजतन्त्रकालीन अवशेष देखा परेको भन्दै चर्को आलोचना भइरहेको छ ।

तस्वीरमा प्रधानमन्त्री केपी ओेली,पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली, प्रहरी प्रमुख सर्वेन्द्रनाथ खनाल, नेता बामदेव गौतम लगायत मन्त्रीमण्डलका सदस्यहरुले राष्ट्रपति विद्यादेवी भण्डारीका सामु दशैंको टीका थाप्न दुबै घुँडा टेकेर खडा भएका छन् ।

गणतन्त्रमा पनि राजतन्त्रमा जस्तै संस्कार देखिएको भन्दै देशमा परिस्थिति बदलिए पनि मनस्थिति नबदलिएको बहुसंख्यक मानिसहरुको तर्क छ ।

राष्ट्रपतिले कुर्सीमा बसेर टीका लगाइदिई रहँदा विशिष्ट व्यक्तिहरुका निम्ती टीका थाप्नलाई घुँडा टेक्नुको विकल्प देखिदैन थियो ।

केही आगन्तुकलाई कुर्सीमा राखेर टीका लगाइएको थियो भने केहीलाई कुर्सीको व्यवस्था नभएकाले उनीहरु झुक्न बाध्य बनेका थिए ।यसलाई कतिपयले राष्ट्रपति निवासको फितलो व्यवस्थापन र सल्लाहकारको ध्यान नपुगेको बताएका छन्।

प्रतिकृया दिनुहोस्