Hamro Sanchar

बिग बास खेल्ने एसोसिएट राष्ट्रकै पहिलो क्रिकेटर बने भए सन्दीप लामिछाने

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/७/६ गते

नेपाली राष्ट्रिय क्रिकेट टिमका होनाहार बलर सन्दीप लामिछानेले अस्ट्रेलियाको बिग बास क्रिकेट लिग खेल्ने भएका छन् । उनलाई अष्ट्रेलिया स्थित मेलबर्न स्टार्सले आउँदो सिजनका लागि लिएको हो ।

सन्दीप बिग बास खेल्ने एसोसिएट राष्ट्रकै पहिलो क्रिकेटर हुनेछन् । भर्खरै १८ वर्षका लेग स्पिनर सन्दीप मेलबर्नबाट दुई सत्रमा खेल्नेछन् । उनी बिग बास खेल्न डिसेम्बर १० मा अस्ट्रेलिया पुग्नेछन् ।

बंगलादेश प्रिमियर लिग खेल्ने भएकाले सन्दीपले बिग बास भने पूरा खेल्ने छैनन्, त्यसैले उनको पारिश्रमिकबारे टुंगो लागेको छैन ।

सन्दिपले प्रति खेल वा प्रतियोगिताभरिका लागि निश्चित रकम तय हुन सक्ने बताइएको छ । उनले कम्तीमा ६० हजार डलर पाउने बताइएको छ । सन्दीपले बिग बासमा पाउन लागेको पारिश्रमिक अहिलेसम्मकै बढी हो ।

फ्रेन्चाइज लिगमा इन्डियन प्रिमियर लिग (आईपीएल) र बिग बास सबैभन्दा ठूला प्रतियोगिता हुन् । सन्दीपले बिग बासमा खेल्नु आफ्नो सपना रहेको बताउदै आएका थिए ।

प्रतिकृया दिनुहोस्