Hamro Sanchar

सुन तस्करकाे अभियोगमा एनआरएनका मध्यपूर्व संयोजक कतारमा पक्राउ

प्रकाशित : २०७५/७/६ गते

काठमाडौं, कात्तिक ६– कतार प्रहरीले एक गैर आवासीय नेपालीलाई पक्राउ गरेको छ ।सुन तस्करी गरेको अभियोगमा एनआरएनका मध्यपूर्व संयोजक कतारमा पक्राउ परेका हुन् । कतार प्रहरीले राजेन्द्र कुमार शर्मा भन्ने आरके शर्मालाई गत मंगलबार कतारमा पक्राउ गरेको हो ।

पिगोन इन्जिनियरिङ कम्पनीका सञ्चालक समेत रहेका शर्मालाई कार्यालयबाट घर फर्किंदै गर्दा पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

शर्मामाथि कतार प्रहरीले अनुसन्धान गरिरहेको स्रोतले जानकारी दिएको काठमाण्डु टुडेमा खबर छ ।

प्रतिकृया दिनुहोस्