Hamro Sanchar

नेपालमा पहिलो पटक सुबिधा सम्पन्न “बिजुली बस” संचालन, प्रधानमन्त्रीले गरे उद्घाटन

प्रकाशित : २०७५/७/६ गते

काठमाडौं, कात्तिक ६- नेपालमा अब विद्युतीय सार्वजनिक ठूला बसकाे अाैपचारिक सुरुवात भएकाे छ ।साझा यातायात प्रालिले अाज मंगलबारबाट काठमाडाैँ उपत्यकामा बिजुलीबाट चल्ने बसकाे अाैपचारिक सुरुअात गरेकाे हाे ।

लुम्बिनी विकास कोषले एडिबीको आर्थिक सहयोगमा भित्र्याएकाे ‘बिजुली बस’को औपचारिक उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् । लुम्बिनी विकास कोषसँगको सहकार्यमा साझा यातायातले पहिलाे चरणमा ५ बस सञ्चालनमा ल्याउन लागेकाे हाे । प्रधानमन्त्री ओलीले अाज दुइटा बसकाे

उद्घाटन पुल्चोकस्थित साझाको कार्यालयमा गरेका हुन् । उनले पुल्चाेकबाट साे बसमा यात्रा समेत गरेका छन् ।

 

चिनियाँ कम्पनी बिवाइडीले निर्माण गरेका यी बसमा चालक र यात्रु गरी २० जना अारामसाथ सवार हुन सक्ने क्षमता छ । बसमा अपांगमैत्री ढाेका र सिट पनि छन् । बसहरुमा सीसी क्यामेरा समेत जडान गरिएकाे छ । एकपटक चार्ज गरेपछि २५० किलोमिटरसम्म गुड्न सक्ने क्षमताका ब्याट्रीबाट यी बस नेपालमा पहिलाेपटक सञ्चालनमा अाएका हुन् ।

पछिल्लाे समय सरकारले विद्युतीय सवारी साधनमा छुट दिएसँगै विभिन्न यातायात कम्पनी यसतर्फ अाकर्षित भएका छन् । सुन्दर यातायात र मयुर यातायातले पनि तिहारलगत्तै बिजुली बस भित्र्याउने तयारी गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्