Hamro Sanchar

ओलीविरुद्ध प्रचण्ड, माधव र वामदेवको मोर्चाबन्दी

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/७/५ गते

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेता माधव नेपाल र वामदेव गौतमले मोर्चाबन्दी कसेका छन् ।

पार्टीका प्रभावशाली नेता वामदेव गौतमलाई काठमाडौं क्षेत्र नम्बर ७ बाट उपचुनाव उठाउन सहयोग नगरेको भन्दै तीन नेता अध्यक्ष ओलीविरुद्ध खनिएका छन् । हिजो बसेको सचिवालय बैठकमा समेत ओलीविरुद्ध तीनै जना नेता आक्रमक रुपमा प्रस्तुत भएको रिपोर्टस नेपालमा खबर छ  ।

उक्त क्षेत्रका सांसद रामबीर मानन्धरले राजिनामा दिने जानकारी गराईसकेको अवस्थामा अध्यक्ष ओलीले कुनै सहयोग नगरेको नेताहरुको ठम्याई छ । बैठक आजपनि बस्दैछ ।

प्रतिकृया दिनुहोस्