Hamro Sanchar

पिङ खेल्ने क्रममा खसेर ५ वर्षीया बालिकाको मृत्यु

प्रकाशित : २०७५/७/५ गते

सिन्धुली, कात्तिक ५- सिन्धुलीको कमलामाई नगरपालिका ६ राममाढीमा पिङबाट खसेर एक जनाको मृत्यु भएको छ ।

सोमबार पिङ खेल्ने क्रममा खसेर ५ वर्षीया क्रषा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक रामेश्वर प्रसाद यादवले जानकारी दिएका हुन् ।

दशै अवसरमा पिङ खेल्नुपर्छ भन्ने परम्परा अनुसार हालिएको पिङमा बच्चालाई खेलाउँदा नेपालीको मृत्यु भएको सिन्धुली जिल्ला प्रहरी उपरीक्षक यादवले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्