Hamro Sanchar

काठमाडौं-मुग्लिङ सडकखण्ड डरलाग्दो घटना, गुड्दा-गुड्दै मोटरसाइकलमा यसरी दन्कियो आगो

प्रकाशित : २०७५/७/४ गते

शंकर गिरी

४ कात्तिक, काठमाडौं । आइतबार काठमाडौं-मुग्लिङ सडकखण्ड अन्तरगत धादिङको नौबिसेमा गुड्दा गुड्दै मोटरसाइकलमा आगलागी भएको छ । घटनामा जनधनको क्षति भने हुन पाएन ।

आइतबार दिउँसो धादिङको गजुरीबाट काठमाडौंतर्फ आउँदै गरेको बाइक धुनिबेसी-८ बाहुनडाँडामा एक्कासी आगलागी भएको हो ।

चलिरहेकै अवस्थामा बाइकमा आगो लागेको थाहा पाएपछि चालक जयराम तामाङ मोटरसाइकल बाटोमै रोकेर भागेका थिए । बा २२ प ५५३८ नम्बरको बाइकमा आगलागी भएको हो । अनलाइनखबरबाट

प्रतिकृया दिनुहोस्