Hamro Sanchar

३६ वर्षीया म्यान्डीले आफ्नो कुमारित्व ३ करोड २० लाख रुपैयाँमा बेचिन्

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/५/२० गते

जर्मनकी एक महिलाले आफ्नो कुमारित्व लिलाम गरेकी छन् । विमान परिचारिकाका रूपमा कार्यरत एक ३६ वर्षीया म्यान्डीले आफ्नो कुमारित्व ३ करोड २० लाख रुपैयाँमा बिक्री गरेकी हुन् । उनले सिन्ड्रेला एस्कोर्टमार्फत् आफ्नो कुमारित्व बिक्री गर्न सफल भएकी हुन् । उनको कुमारित्व भङ्ग गर्ने म्युनिखका व्यापारीको नाम भने गोप्य राखिएको छ ।

गायनमा पनि रुचि भएकी म्याण्डीले आफ्नो कुमारित्व एक पटक मात्र भंग गर्न पाउने हुनाले आफूले केही रकमका लागि त्यसको सदुपयोग गरेको उनले बताइन् । कुमारित्व लिलामीबाट आएको रकम आफ्नो करिअर, परिवार तथा सामाजिक संस्था आदिमा खर्च गर्ने म्यान्डीको योजना छ ।

म्यान्डीको कुमारित्व लिलाममा स्वीकार गर्न एक वकिलले ३ करोड ७ लाख रुपैयाँ तथा म्युनिखका एक फुटबलरले २ करोड ५६ लाख रुपैयाँ दिने प्रस्ताव पनि राखेका थिए ।

प्रतिकृया दिनुहोस्