Hamro Sanchar

श्रीमतीद्वारा श्रीमानको हत्या, मादक पदार्थ सेवन गरी झगडा गरेकाले हत्या गरेको स्वीकार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० मंसिर, २१ गते


उदयपुर, मङ्सिर २१- उदयपुरमा श्रीमतीले श्रीमानको हत्या गरेकी छन् ।

त्रियुगा नगरपालिका–५ दमौटीकी ४० वर्षीया निरकुमारी राईले श्रीमान् ६० वर्षीय श्याम राईको हत्या गरेकी हुन् । राईको शव स्थानीयले जंगलको झाडीमा स्याउलाले छोपेर राखेको देखेपछि मंगलबार प्रहरीमा खबर गरेका थिए ।

उदयपुर प्रहरीका प्रवक्ता डिएसपी हरिनन्दन चौधरीले निरकुमारीले घटनामा आफ्नो संलग्नता स्वीकार गरेकी छन् । नियमित रुपमा मादक पदार्थ सेवन गरी झगडा गर्ने गरेकाले दिक्क भएर हत्या गरेको उनले बताएकी छन् ।


प्रतिकृया दिनुहोस्