
काठमाडौं, मङ्सिर १५- भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले रत्नपार्कदेखि सुर्यबिनायक सम्म संचालनमा रहेको द्रुत बस सेवाको आज अनुगमन गरेका छन् ।
भक्तपुरको सुर्यबिनायक देखि जडिबुटीसम्म मन्त्री आफैले सर्वसाधारण यात्रुसँगै बस चढेर सो सेवाको अनुगमन गरेका हुन् ।
गत असोज ३ गतेदेखि शुरु भएको उक्त बस सेवामा हाल दैनिक ३६ वटा बस सन्चालनमा छन् ।
भौतिक पूर्वाधार मन्त्रालयले हाल रत्नपार्कदेखि सुर्यबिनायक सम्मको रुटमा संचालन गरेको उक्त बस सेवा आगामी दिनमा चक्रपथ लगायतका रुटमा संचालन गरिने मन्त्री ज्वालाले बताए । हाल यी बसहरु पिक आवर बिहान र बेलुका संचालनमा छन् ।सो अनुगमन कार्यक्रममा भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव कुमार शर्मा तथा यातायात व्यवस्था बिभागका महानिर्देशक उद्दब प्रसाद रिजालको उपस्थिती थियो ।



















