
चितवन, मङ्सिर ६- भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र सन्तोष देउजाको तस्बिर तोडमोड गरी सामाजिक सञ्जालमा बदनाम गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका दुई जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
रत्ननगर नगरपालिकाका शिव शर्मा र भरतपुर महानगरपालिका–७ बस्दै आएका उपेन्द्र देवकोटालाई उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मेयर दाहाल र देउजाको तस्बिर तोडमोड गरी शर्माले सामाजिक सञ्जालमा अपलोड गरेका थिए भने उक्त तस्बिरलाई देवकोटाले शेयर गरेका थिए ।
दुवै जनालाई गएराति घरबाटै नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेकाहरु विरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।