रुकुम पश्चिम, मङ्सिर ४- रुकुम पश्चिममा जीप दुर्घनामा परी गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको छ । चौरजहारी नगरपालिका १३ का ४५ वर्षीय मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका २ का अन्दाजी ७ वर्षका प्रतिक बुढाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार ७ वर्षीय बुढाको उपचारका लागि एम्बुलेन्स मार्फत सुर्खेत लैजाँदै गर्दा सल्यान जिल्लाको नेटा भन्ने ठाउँमा मृत्यु भएको हो भने ओलीको चौरजहारी अस्पतालमै मृत्यु भएको हो ।
दुर्घटनामा परी घाइते अन्य पाँच जनाको पनि अवस्था गम्भीर रहेकाले हेलिकप्टर मार्फत काठमाडौं लगिएको छ ।
सोमबार बिहान चौरजहारी नगरपालिका १३ को रातामाटाबाट जिल्ला सदरमुकाम खलंगा आउने क्रममा चौरजहारी ८ गोइरीजिउलामा लु १ ज २२९७ नम्बरको जीप दुर्घना भएको थियो ।
जीपमा सवार चालक सहित २२ जना घाइते भएका थिए ।























