Skip
आज : २०८२ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

तामाकोशीको सिस्नेरीमा मिनिट्रकको ठक्करबाट एक युवकको मृत्यु, एक जना गम्भीर घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० मंसिर, २ गते


दोलखा, मङ्सिर २- दोलखाको तामाकोशी गाउँपालिकामा मिनिट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।

तामाकोशी मन्थली सडक-खण्ड अन्तर्गत तामाकोशी गाउँपालिका १ सिस्नेरीमा मिनिट्रकको ठक्करबाट मोटरसाइकल चालक तामाकोशी १ माझीगाउँका २२ वर्षका शुशिल माझीको मृत्यु भएको हो । मोटरसाइकलको पछाडी रहेका सोही स्थानका माइकल माझी गम्भिर घाइते भएका छन् ।

तामाकोशीबाट मन्थली तर्फ गइरहेको बागमती प्रदेश ०१, ००३ क ९३५९ नम्बरको मिनिट्रकले विपरित दिशाबाट आइरहेको बा २९ प ११६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा घाइते माइकलको चरिकोट स्थित पशुपति चौलागाईं स्मृती अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि  काठमाडौंको ट्रमा सेन्टरमा रिफर गरिएको प्रहरीले जनाएको छ ।

मिनिट्रकका चालक रामेछापको मन्थली नगरपालिका १३ का श्याम थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिकृया दिनुहोस्